


एन्जेलिना जोलीलाई अफगानी बालिकाको चिठी, ‘तालिबान आउनुअघि अधिकार थियो, अहिले कैदी भएका छौं’

काठमाडौं – तालिबानले मुलुक कब्जा लिएपछि अफगानिस्तानकी एक बालिकाले हलिउड नायिका, निर्देशक एवं संयुक्त राष्ट्रसंघकी शरणार्थी एजेन्सीकी विशेषदूत एन्जेलीना जोलीलाई पत्र लेखेकी छिन् ।
जोलीले सामाजिक सञ्जालमा उक्त बालिकाले लेखेको पत्र सार्वजनिक गरेकी हुन् ।
पत्रमा ती बालिकाले एन्जेलीना जोलीलाई तालिबानको सत्ता कब्जापछिको अवस्थाको बयान गर्दै लेखेकी छिन्, ‘तालिबान आउनुअघि सबैसँग अधिकार थियो, अहिले हामी सबै कैदी भएका छौं ।’ उनले आफ्नो सबै सपना गुमेको बताएकी छिन् ।
बालिकाले पत्रमा अहिले आफूहरुको पढाई, काम र अन्य सबै कुरा बन्द भएकोमा दुःख व्यक्त गरेकी छिन् । तालिबानहरु सुधिएको भनिए पनि आफूलाई त्यस्तो नलागेको उनले पत्रमा उल्लेख गरेकी छिन् । तालिबानको विगत ज्यादै नराम्रो भएको बताउँदै ती बालिकाले सधैं डरै डरमा बस्नु परेको उल्लेख गरेकी छिन् ।
जोलीले इन्स्टाग्राममा लेखेकी छिन्, ‘अहिले अफगानिस्तानका मानिस सामाजिक सञ्जालबाट आफ्नो कुरा भन्ने स्वतन्त्रता गुमाएका छन्, त्यसैले म इन्स्टाग्राममा आएकी हुँ, ताकि मानवअधिकारका लागि लडीरहेका विश्वभरका मानिसमा कथा पुर्याउन सकुँ ।’
जोलीले सन् २०२१ को अफगानिस्तान भ्रमणमा तालिबानको डरबाट भागेका शरणार्थीहरुलाई भेटेको पनि उल्लेख गरेकी छिन् ।
जोलीलाई ती बालिकाले लेखेको पत्रः
Fear from Taliban
I am … … young girl, i live in … Afgansitan, Before taliban came in .… we all went to work, school, … propely, we all had rights, we was able to defend our rights freely. but when they came, we are all afraid of them, and we think all our dreams are gone. we think our rights have been violated we can not got out. studying and working is to too far away, but some people say they talibans change, but i do not think so because they have a very bad past. One day the come to our house and we were all scared and after that day i thought a bout what kind of time i should go to school in the morning in this situation, because of their existence, or when i came home from course again, the air was dark, but i could come home very easily, but now i can not to to the course easily. I think the course will be closed, may be we can go back to last 20 years, and again we have no rights the life of all of us is dark, we all lost our freedom, and we are imprisoned again.
….

