

आफन्त र साथीभाइसँग नेपाली चलचित्र क्षेत्रकी ‘हिरो’ नायिकाकाे जन्मदिन

काठमाडौं – नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री रेखा थापाको आज जन्मदिन । हिरो चलचित्रबाट अभिनय यात्रा सुरु गरेकी रेखाले अहिलेसम्म दर्जनौं चलचित्रमा अभिनय गरिसकेका छन् । कुशल अभिनेत्रीका रुपमा चिनिएकी रेखाले आफ्नै ब्यानरका केहि चलचित्र आफैले निर्देशन समेत गरेकी छन् ।
रेखा अभिनित चलचित्र हिरो, मितिनी, धड्कन, हामी तीन भाइ, हिम्मतवाली, किस्मत, मालिका जस्ता चलचित्रहरु दर्शकमाझ निकै लोकप्रिय रहेका छन् । रेखा अधिकाशं चलचित्रहरुमा एक्सन अवतारमा देखिने गर्छिन । एक्सन नायिकाको रुपमा दर्शकमाझ लोकप्रीय बनेकी रेखालाई अहिले नेपाली फिल्मको हिरोका रुपमासमेत लिइने गरिन्छ ।
रेखाको जन्म वि.सं २०३९ भाद्र ५ गते मोरङको कोशी हरैचामा भएको हो । नायिका थापाले आज काठमाडौंमा टंगालमा खोलेको नयाँ रेष्टुरेन्टमा आफ्नो जन्मदिन मनाउँदैछिन् । उनले कोरोना कहरको कारण सिमित आफन्त र साथीभाइहरुसँग बसेर जन्मदिन मनाउन लागेको जनाईन् ।

