कुम्लोकुटुरो बोकेर राष्ट्रपति भाग्दै गर्दा हातमा ढुंगा लिएर तालिबानसँग लड्ने एक्ली सलीमा
काठमाडाैं – सलीमा मजारी– अफगानिस्तानको चारकिंट जिल्लाकी गर्भनर । आफ्ना ३२ हजार बढी जनताको नेतृत्व गर्ने गर्भनर । तालिबानसँग लड्का लागि आफ्ना छुट्टै ६ सय जनाको फौज बनाएकी राजनीतिज्ञ । सत्ता कब्जाका क्रममा तालिबानले सबैभन्दा बढी दुःख भोग्नुपरेको चारकिंटकी गर्भनर सलीनालाई अन्ततः असफल भएकी छिन् वा पक्राउ परेकी छिन् ।
राजधानी काबुल समेत कब्जामा परिसकेको र राष्ट्रपतिलगायत प्रभावशाली नेताहरु देश छाडेर भाग्दै गर्दा सलीमा भने हातमा ढुंगा लिएर तालिबानसँग लड्दै थिइन् । तालिबानले कब्जा लिनका लागि सबैभन्दा ठूलो मेहेनत गर्नुपरेको जिल्लाका रुपमा सलीमाको चारकिंटलाई लिएको छ ।
तेहरान विश्वविद्यालयको अध्ययनपछि अफगानी राजनीतिमा छिरेकी सलीमाले तालिबानविरुद्ध बन्दुकसमेत उठाएकी थिइन् । उनले अमेरिकी सेनाको फिर्तीसँगै तालिबानसँग घुँडा टेक्नुको सट्टा लड्ने घोषणा गरेकी थिइन् ।
गत वर्ष सयभन्दा बढी तालिबानी सेनालाई आत्मसमर्पण गर्न बाध्य बनाएकी सलीमा अहिले तिनै तालिबानी सेनाको कब्जामा रहेकी छन् ।
हजारा समूदायकी सलीमा शिया समूहसँग सम्बन्धित हुन् । तालिबान र शिया समूहबीच शत्रुताको सम्बन्ध रहेको हुनाले पनि सलीमा तालिबानकी विरोधीका रूपमा देखिइन् । शिया र तालिबानबीचको धार्मिक रीति रिवाज नमिल्ने भएका हुनाले यी दुइ बिधर्मी जस्तो देखिने भएकाले लगातार रूपमा दुश्मनी देखिँदै आएको थियो ।
शरणार्थीकै रुपमा सन् १९८० मा इरानमा जन्मिएकी सोभियत युद्धका क्रममा अफगानिस्तान आएकी पहिलो महिला गर्भनर हुन् सलीमा । अफगानिस्तानका कूल ३ महिला गर्भनरमध्येकी पहिली गर्भनर, जसले तालिबानसँग अन्तिम अवस्थामा सम्म लडिन् ।
अफगानिस्तानमा महिलाको हक अधिकारका बारेमा विश्वलै चिन्ता गरिरहेको बखत महिला गर्भनर सलीमाको बहादुरीलाई तालिबानले कसरी हेर्छ, त्यो अब चासोको विषय बनेको छ ।
सत्ता कब्जापछि नयाँ सरकार गठनको प्रक्रियामा रहेको तालिबानले सलीमालाई कस्तो सजाय गर्छ वा सञ्चारमाध्यममा आए जस्तै सबैलाई आममाफी दिन्छ त्यो त हेर्न बाँकी नै छ । -एजेन्सीबाट