दल विभाजनसम्बन्धी अध्यादेश निहित स्वार्थ र देशलाई अस्थिर तुल्याउने खेल हो : रावल
काठमाडौँ – नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले दल विभाजनसम्बन्धी अध्यादेश संविधानको मर्म र जनताको आकांक्षाविपरीत भएको बताएका छन् ।
मङ्गलवार सामाजिक सञ्जालमार्फत उनले उक्त अध्यादेश निहित स्वार्थको लागि देशलाई अस्थिर तुल्याउने खेल भएको बताउँदै विगतमा यस्तै अध्यादेशको विरोध गर्नेहरू अहिले आफैँ त्यही बाटोमा लागेको बताए ।
यस्तै उनले २०५४ सालमा एमाले फुटाउँदा देशमा द्वन्द्व चर्केको हेक्का किन नरहेको भन्दै प्रश्न गरेका छन् ।
उनले भनेका छन्,‘दल विभाजनसम्बन्धी अध्यादेश संविधानको मर्म र जनताको आकांक्षाविपरीत निहित स्वार्थको लागि देशलाई अस्थिर तुल्याउने खेल हो, विगतमा यस्तै अध्यादेशलाई अलोकतान्त्रिक भन्दै चर्को विरोध गर्नेहरू आज त्यही बाटोमा किन रु २०५४ सालमा एमाले फुटाउँदा देशमा द्वन्द्व चर्किएको हेक्का नरहेको किन ?’
दल विभाजनसम्बन्धी अध्यादेश संविधानको मर्म र जनताको आकांक्षा विपरीत निहित स्वार्थको लागि देशलाई अस्थिर तुल्याउने खेल हो।विगतमा यस्तै अध्यादेशलाई अलोकतान्त्रिक भन्दै चर्को विरोध गर्नेहरू आज त्यही बाटोमा किन? २०५४ सालमा एमाले फुटाउदा देशमा द्वन्द्व चर्किएको हेक्का नरहेको किन?
— Dr. Bhim Rawal (@BhimRawal179) August 17, 2021