पवनदीप राजनले जिते इन्डियन आइडल सिजन १२ को उपाधि


काठमाडौं – भारतीय गायन रियालिटी शो इन्डियन आइडलको १२ औं सिजनको उपाधि उत्तराखण्डका पवनदीप राजनले जितेका छन्। आइतबार राति भएको ग्रान्ड फिनालेमा उनलाई विजेता घोषणा गरिएको हो ।

राजनले सनमुख प्रिया, अरूणीता कांजीलाल, मोहम्मद दानिश, निहाल ताउरो र सायली काम्बलेलाई भोटमा पछि पार्दै इन्डियन आइडलको उपाधि जितेका हुन् । उपाधिसँगै उनलाई २५ लाखको ट्रफी र पुरस्कार राशि प्रदान गरिएको छ।

अरुणिता कांजीलाल र सायली काम्बले इन्डियन आइडलको उपविजेता बनेका छन् ।

हिमाञ्चलका २५ वर्षीय राजन गायनका साथसाथै वाद्यवाधन मा पनि उत्तिकै पोख्त छन्।

प्रतिक्रिया