


ठगी गरेको अभियोगमा ३ जना पक्राउ

सिन्धुपाल्चोक – बाह्रबिसे नगरपालिका-४ साधीखोल्साबाट ठगी गरेको अभियोगमा ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही नगरपालिका-४ धार्पा बस्ने २९ वर्षीय भिम बहादुर लामा, २५ वर्षीय बाबु भन्ने भक्त बहादुर लामा र सोही ठाउँ बस्ने ३२ वर्षीय राजेन्द्र तामाङ रहेका छन् ।
उनीहरुले नेपाली पैसा २० रुपैयाँको ४ वटा बण्डलमा अमेरिकी डलर माथिबाट ढाकी ठगी गर्दै गरेको भन्ने सूचानाको आधारमा ईलाका प्रहरी कार्यालय बाह्रविसेबाट खटिएको प्रहरीले उनीहरुलाई बा.९१ प ७४३१ नम्बरको मोटरसाइकल, नगद ७ हजार ७ सय ६० रुपैयाँको ४ वटा बण्डल र अमेरीकी डलर ५० को २ थान र १ डलर १ थान सहित फेला पारी पक्राउ गरेको हो ।

