डुबेर तथा बगाएर ४ जनाको मृत्यु


काठमाडौं – कञ्चनपुर, पुनर्वास नगरपालिका-७ परासन बस्ने ४२ वर्षीय रामु रानाको आफ्नै घर नजिक भगर नालामा डुबेर शनिबार दिउँसो मृत्यु भएको छ ।

मोरङ, सुन्दरहरैचा नगरपालिका-१ बानडाँडा बस्ने ५३ वर्षीय बिष्णु ऋसिदेवको सोही ठाउँस्थित बाधको पानीमा डुबेर शनिबार साँझ मृत्यु भएको छ । डुबेर बेपत्ता भएका उनको खोजी गर्ने क्रममा सोही ठाउँमा उनको शव फेला परेको हो ।

चितवन, खैरहनी नगरपालिका-१३ गबहीस्थित पानीको नहरमा ढडिया थाप्ने क्रममा डुबेर सोही ठाउँ बस्ने ७६ वर्षीय लक्ष्मण गुरौको शनिबार साँझ मृत्यु भएको छ ।

दाङ, लमही नगरपालिका-२ रनियापुर बस्ने ५० वर्षीया छुकानी चौधरीको सोही नगरपालिका-२ बनकट्टीस्थित नदी तर्ने क्रममा बगाएर शनिबार साँझ मृत्यु भएको छ । नदिले बगाएर बेपत्ता भएकी उनको खोजी गर्ने क्रममा सोही ठाउँस्थित राजपुर घाटमा शव फेला परेको हो ।

प्रतिक्रिया