डुबेर २ जनाको मृत्यु, मृत अवस्थामा फेला


काठमाडौं – कास्की, पोखरा महानगरपालिका-१७ पावर हाउसस्थित फुस्रे खोलामा पौडी खेल्ने क्रममा डुबेर सोही महानगरपालिका-१० ईन्द्रचोक बस्ने बागलुङ ढोरपाटन नगरपालिका-६ घर भएका १७ वर्षीय समिर पुन मगरको बुधबार दिउँसो मृत्यु भएको छ ।

डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले सोही ठाउँस्थित उनको शव फेला पारेको हो ।

कैलाली, टिकापुर नगरपालिका-१ शिबनगर शिबिरस्थित माईती घर आएकी लम्कीचुहा नगरपालिका-७ चाँगाबारी घर भएकी २३ वर्षीय चौधरीकी छोरी १ वर्षीय रोशनी चौधरीको डुबेर बुधबार बिहान मृत्यु भएको छ ।

घर नजिकैको धारामा खेल्ने क्रममा बाल्टीमा रहेको पानीमा डुबेर उनको मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मृत अवस्थामा फेला

उदयपुर, त्रियुगा नगरपालिका-५ देउरीस्थित माछा पोखरीमा सोही ठाउँ बस्ने ६५ वर्षीय दिलसेर राई बुधबार मृत अवस्थामा फेला परेका छन्।

तनहुँ, म्याग्दे गाउँपालिका-५ कान्छीबराहीस्थित झरनाको छेउमा रोल्पा लिवाङ बस्ने ३२ वर्षीय दिल कुमार घर्ती बुधबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया