

काँग्रेस केन्द्रीय समिति बैठकमा कालो मास्क निषेध, देउवाको फोटो मोबाइलबाट खिच्न नपाईने

काठमाडौं – नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ । बिहीबार दिउँसो २ बजेका लागि बोलाइएको केन्द्रीय समिति बैठक ढिला गरी अर्थात ३ बजेपछि मात्रै सुरु भएको हो । बैठकस्थलमा कडाइ गरिएको छ भने बैठकमा सहभागीलाई कालो मास्क निषेध गरिएको छ । कालो मास्क लगाउनेलाई गेट मै रोकिएको छ ।
यस्तै समाचार संकलनका लागि पुगेका सञ्चारकर्मीलाई देउवा लगायतको फोटो मोबाइलबाट खिच्न रोक लगाइएको छ । काँग्रेस बैठकमा क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले समितिको प्रतिवेदन पेश गरेका छन् । यस्तै काँग्रेस निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले महाधिवेशनका लागि आवश्यक निर्वाचन निर्देशिका पनि प्रस्तुत गरेका छन् । यस्तै बैठकमा महाधिवेशन सार्नेबारे पनि छलफल हुने बताइएको छ ।

