क्लासिक भिल्लाको बैकिङ्ग पार्टनरमा ग्लोबल आइएमई बैंक, आवासीय घर कर्जा पनि प्रवाह गर्ने
काठमाडौं – ग्लोबल आइएमई बैंक लिमिटेड र क्लासिक भिल्ला बीच ग्राहकलाई सहुलियत ब्याजदरमा आवासीय घर कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा ग्लोबल आइएमई बैंकका नायव महाप्रबन्धक सुरेन्द्रराज रेग्मी र क्लासिक भिल्लाका अध्यक्ष बाबुराजा महर्जनले हस्ताक्षर गरेका छन् ।
उक्त समझदारी अनुसार बैंकले क्लासिक भिल्लाले ललितपुर महानगरपालिका वडा नं २३ धापाखेल निर्माण गर्ने आवासीय घर परियोजनामा घर/जग्गा खरिद गर्न चाहने नेपाली नागरिकहरुलाई सहुलियत ब्याजदरमा घर कर्जा प्रवाह गर्नेछ । यसका साथै ग्लोबल आइएमई बैंक क्लासिक भिल्लाले निमार्ण गर्ने परियोजनाको बैकिङ्ग पार्टनरको रुपमा पनि रहने छ ।
आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता योजनाहरु ल्याएर ग्राहकहरुलाई लाभान्वित गर्दै आएको छ । हाल बैंकले घर कर्जाको लागि ७.९९ प्रतिशत (प्रिमियम सहित)को आकर्षक ब्याजदरमा बिशेष घर कर्जा योजना सिमित अवधिको लागि संचालन गरिरहेको जनाएको छ ।