कुलमान नियुक्तिमा दिपकराज लेख्छन्, ‘जनता सरकारको जनप्रिय निर्णयको स्वागत गर्छ’


काठमाडौं – कुलमान घिसिङ नेपाल विद्युत् प्राधिकरणको दोस्रोपटक कार्यकारी निर्देशकमा नियुक्त भएपछि जनमानसमा खुशी छाएको छ । गिरीले घिसिङको पुनः आगमनले धेरै नेपालीलाइ खुशी लागेको भन्दै घिसिङलाइ बधाइसमेत दिएका छन् ।

यसै शिलशिलामा कलाकार दीपकराज गिरीले खुशी व्यक्त गर्दै सामाजिक सञ्जालमा कुलमानको नियुक्तिको सरकारको निर्णयलाई जनप्रिय निर्णय भन्दै सरकारलाई धन्यवाद दिएका छन् ।

कलाकार गिरीले अगाडि लेखेका छन्, ‘कुलमान ‘न काका बौ का छोरा ! न आमा  पट्टीका न मामा पट्टिका भने जस्ता, तैपनि किन किन आफ्नै जस्ता लाग्ने !’

गिरी अगाडि लेख्छन्, ‘उनको कार्यकाल थपियोस भनेर एकताका खूबै कराइयो! उफ्रियो !! यस्को मतलब कुलमान बाहेक अरू कसैले प्राधिकरण हाक्न सक्दैन भनेर पनि होइन , आज पनि म कहिलेकाहि त्यो कालो अध्यारो र चिसो रातहरू लाइ सम्झन्छू, त्यतिबेला सॉझ नै नपरोस जस्तो लाग्थ्यो ! ‘करीब एक दशक त्यस्तो निरस र कष्टकर जीबन बिताउन बाध्य भइयो !!!

आज ति दिनहरू इतिहास भएका छन्, यिनै कुलमानको आगमनपछि ‘हामि भावनात्मक छौ, दिमागले मात्रै होइन मनले पनि सोच्ने गर्छौ त्यसैले त राज्यले उनको कार्यकाल थपेर एक पटक पुरस्कृत गरोस भन्ने लागेको हो तर त्यो त्यतिबेला सम्भब भएन तर आज ढिलै भएपनि उनको पुनः आगमनले म जस्ता धेरै नेपाली लाइ खुशि लागेको हुनु पर्छ !!

राम्रो काम गर्दा ढिलै भए पनि पुरस्कार पाइन्छ भन्ने राम्रो सन्देश गएको छ !! स्वतंत्र नागरिकको हैसियतले सरकारको नराम्रो कामको आलोचना गरिन्छ  भने राम्रो कामको तारिफ गरिन्छ !!

यो नियुक्तिको निर्णय बिल्कुल जनप्रिय निर्णय हो,

सरकार लाइ धेरै धेरै धन्यवाद ! कुलमानजीलाइ बधाइ !!

जय नेपाल !!!

 

प्रतिक्रिया