जबरजस्ती करणी गरेको अभियोगमा १ जना पक्राउ


कास्की – २६ वर्षीया महिलालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा पोखरा महानगरपालिका-१७ बिरौटा बस्ने स्याङजा अर्जुन चौपारी स्थायी घर भएका ३६ वर्षीय राजु भन्ने ख्याम बहादुर घर्तीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

घर्तीले ती महिलालाई डरत्रास, धाकधम्की समेत दिई पोखरा महानगरपालिका-६ खहरेस्थित एक होटलमा लगि जबरजस्ती करणी उद्योग गरेको भन्ने जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनी उपर जबरजस्ती करणी उद्योग सम्बन्धी कसूरमा जिल्ला अदालत कास्कीबाट ७ दिन म्याद थप अनुमती लिई थप अनुसन्धान प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रतिक्रिया