

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं – म्याग्दी, बेनी नगरपालिका-८ न्युरोडस्थित गणेश शर्माको रघुगंगा दुध कर्नर एण्ड डेरीमा मंगलबार बिहान आगलागी हुँदा उक्त पसलसँगै जोडिएको जगन्नाथ शर्माको किराना स्ट्रोर्स समेतमा आगलागी भएको छ ।
आगलागीको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको प्रहरीले दमकलको सहयोगमा आगलागी पूर्णरुपमा नियन्त्रणमा लिएको छ । आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको छ ।
सर्लाही, ईश्वरपुर नगरपालिका-१ चौलिखा बजार बस्ने संजय साहको घरमा रहेको आफ्नै हार्डवेयर पसलमा आगलागी हुँदा हार्डवेयर पसलमा रहेको सामान र नगद १ लाख २५ हजार समेत गरी करिब ४१ लाख २५ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरी, स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

