…र अन्त्यमा दुई हात जोड्दै ओलीले प्रधानमन्त्री देउवासँग गरे यस्तो सिफारिस


काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग माधव नेपाल पक्षका सांसदलाई लिएर ब्यंग्यात्मक प्रहार गरेका छन्।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा सम्बोधन सक्ने क्रममा उनले यस्तो व्यंग्य गरेका हुन्। देउवा सरकारलाई नेपाल पक्षका २२ सांसदको विश्वासको मत रहेका कारण उनले यस्तो व्यंग्य गरेका हुन्।

सम्बोधन सक्दै दुई हात जोडेर उनले भने,‘अन्तिममा सभामुख मार्फत सम्मानीय प्रधानमन्त्रीलाई अनुरोध गर्छु मेरा पार्टीका केही सांसद मन्त्री बनाइदेऊ न भनेर तपाईकहाँ आएका छन्, बनाइदिनु न हौ।’

उनले त्यसअघि दलीय अनुशासनको विषयमा सरकारले न्युनतम कार्यक्रममा ल्याएको विषयलाई व्यवाहारमा लागु गर्नका लागि देउवालाई आग्रह गरेका थिए। नेपाल पक्षले पार्टीको अनुशासन नमानी विश्वासको मत दिएको विषयतिर लक्षित गर्दै उनले भने,‘यो लेख्नलाई मात्र हो की? आफूले गरेचाहिँ जे पनि हुन्छ?’

उनले सत्ता गठबन्धन अलोकतान्त्रिक र असंवैधानिक तथा अपवित्र भएको पनि बताएका थिए।

यो पनि पढ्नुहोस्

शक्तिशाली ‘बा’

प्रतिक्रिया