४४ औँ प्रधानसेनापतिका रूपमा शर्मालाई नेतृत्व हस्तान्तरण, बिदा भए थापा


काठमाडाैं – प्रधान सेनापति पूर्णचन्द्र थापाले कायममुकायम प्रधान सेनापति बलाधिकृत रथी प्रभुराम शर्मालाई नेतृत्व हस्तान्तरण गरेका छन् । सैनिक मुख्यालय जङ्गी अड्डामा भएको कार्यक्रममा प्रधानसेनापति थापाले शर्मालाई जिम्मेवारी हस्तान्तरण र औपचारिक बुझबुझारथ गरेका हुन् ।

आउँदो भदौको २५ गतेदेखि सेवानिवृत्त हुन लागेका प्रधानसेनापति थापा आज साेमवारदेखि बिदामा बस्न लागेकाले नेतृत्व हस्तान्तरण गरेका हुन् ।

गएको साउन १७ गतेको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले बलाधिकृत रथी प्रभुराम शर्मालाई कायममुकायम प्रधानसेनापति नियुक्त गरेकी थिइन् । शर्मालाई साउन २६ गतेदेखि लागू हुने गरी कायममुकायम प्रधानसेनापति तोकेकी थिइन् ।

कायममुकायम जिम्मेवारी तोकिनुभएका शर्माले आउँदाे भदौ २५ गतेदेखि नेपाली सेनाको ४४ औँ प्रधानसेनापतिका रूपमा सैनिक नेतृत्व सम्हाल्नेछन् ।

 

प्रतिक्रिया