

भैंसे गोहोरसहित तीन जना पक्राउ

ललितपुर – प्रहरीले जिउँदो भैंसे गोहोरसहित ललितपुरको इमाडोलबाट तीन जनालाई पक्राउ गरेको छ । संरक्षित वन्यजन्तुको सूचीमा रहेको भैंसे गोहोरो अवैध रुपमा ओसार–पसार तथा बेचबिखन गर्न लागेको सूचनाका आधारमा उनीहरु पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरुमा धादिङको थाक्रे गाउँपालिका–५ निवासी ४१ वर्षीय पञ्चराम तामाङ, दोलखाको मेलुङ–३ बस्ने १९ वर्षीय सुरेश विक र दोलखाकै तामाखानी–५ बस्ने २३ वर्षीय सुमन विक छन् ।

