भूमि आयोग गठन गर्न काँग्रेसकै जिल्ला सभापतिहरूको माग


काठमाडौं -नेपाली काँग्रेसका जिल्ला सभापतिहरूको भेलामा तत्काल भूमीआयोग गठन गर्न माग गरिएको छ । आज संस्थापनइतरका काँग्रेस जिल्ला सभापतिहरूको भेलामा तत्काल भूमि आयोग गठन गर्नुपर्ने बताएका हुन् ।

भूमि आयोग खारेजपछि काँग्रेसविरुद्ध पनि प्रचार भइरहेको भन्दै जिल्ला सभापतिहरू भूमिसम्बन्धी आयोग तत्काल गठन हुनुपर्ने माग राखेका हुन् ।

शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि भूमि आयोग खारेज गर्ने निर्णय भएको थियो । उक्त निर्णयपछि देशैभरि सरकारविरुद्ध भूमिहीनहरूले आन्दोलन गरिरहेका छन् ।

भेलामा सहभागी एक नेताका अनुसार पार्टीको आन्तरिक विषयसँगै सरकारले गर्नुपर्ने कामकारबाहीबारे पनि आवाज उठेको छ । अघिल्लो सरकारले गठन गरेको देवी ज्ञवाली नेतृत्वको भूमि समस्या समाधान आयोग देउवा नेतृत्वको वर्तमान सरकारले विघटन गरेको थियो ।

प्रतिक्रिया