ओटीटीमा सलमानलाई केको डर


मुम्बई(एजेन्सी)–कोरोना महामारीकाबीच बलिउडमा फिल्म हल खुल्ने अवस्था नरहेपछि धेरै निर्माताले आफ्ना फिल्मलाई ओटीटी प्लेटफर्ममा रिलिज गर्न थालेका छन् । तर बलिउड अभिनेता सलमान खान यो मामलामा अलिक फरक छन् । सलमान आफ्नो आगामी फिल्म ‘राधेः योर मोस्ट वान्टेड भाई’ लाई थिएटरमै रिलिज गर्न चाहन्छन्, जुन कुराको उनले यसअघि घोषणा गरिसकेका छन् ।

सलमान डिजिटल प्लेटफर्मबाट टाढा रहन चाहन्छन् । ‘सलमानलाई डिटिजल प्लेटफर्ममा ल्याउनका लागि ठूलो धनराशीको अफर आइरहेको छ । तर उनले सबै अफरलाई अस्वीकार गरिरहेका छन्’, सलमानका एक साथीले भनेका छन् ।

सलमानका लागि चर्चित ओटीटी प्लेटफर्महरुले एकपछि अर्को वेब सिरिजका लागि २ सय ५० करोड रुपैंयाँको अफर गरेका छन् । ‘सलमानले एक सेकेण्डका लागि पनि यो अफरबारे केही विचार गरेनन्’, उनले भनेका छन् ।

फिल्म ‘राधे’का निर्देशक प्रभु देवाले पनि आफूले सलमानलाई वर्षौदेखि चिनेकाले उनले कहिल्यै पनि आफूलाई डिजिटल प्लेटफर्मममा लान नचाहेको बताए ।

प्रतिक्रिया