

काठमाडौंबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

काठमाडौं – काठमाडौंबाट प्रहरीले लागूऔषध खैरो हिरोइनसहित दुई जनालाई पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका-३ धारापाटी बस्ने नेपालगञ्ज नगरपालिकाका सुवास बराल र बाँकेको नरैनापुरका मोविन जोलाहा शुक्रबार पक्राउ परेका हुन् ।
प्रहरी वृत्त महाराजगञ्जको टोलीले उनीहरुको साथबाट २० ग्राम खैरो हिरोइन, लागू औषध जोख्ने तराजु, ३ थान मोवाइल, ८२ हजार नेपाली रुपैयाँ, ९ हजार भारतीय रुपैयाँ बरामद गरेको छ ।
उनीहरुमाथि लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार अनुसन्धान शुरु गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए ।

