कक्षा १२ को परीक्षा स्थगित


काठमाडौं – कक्षा १२ को साउन ३१ गतेदेखि हुने परीक्षाको स्थिगित भएको छ ।

कोरोना भाइरस संक्रमणको जोखिम देखिएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परिक्षा स्थगित गर्न सिफारीस गरेसँगै राष्ट्रिय परीक्षा बोर्डको आज शनिबार बसेको बैठकले परीक्षा स्थिगित गर्ने निर्णय गरेको हो ।

कोभिड-१९ संक्रमण फैलदै गएको परिस्थितिमा विद्यार्थीको जीवनरक्षाप्रति मन्त्रालय संवेदनशील रहेको भन्दै आउदो दिनमा निर्धारित सम्पुर्ण परिक्षा स्थगित गर्न मनत्रालयले शुक्रबार कोभिड-१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिस गरेको थियो ।

 

प्रतिक्रिया