

सशस्त्रमा बढुवा भएका १५ एसपीले लगाए फूली

काठमाडौं– सशस्त्र प्रहरीमा बढुवा भएका १५ जनाले फूली लगाएका छन्। नायव उपरिक्षकबाट सशस्त्र प्रहरी उपरिक्षक (एसपी)मा बढुवा भएकालाई महानिरिक्षक (आईजी) शैलेन्द्र खनालले फूली लगाइदिएका हुन्।
सशस्त्र मुख्यालय हल्चोकमा सोमबार आयोजित एक समारोहमा सशस्त्र प्रहरी उपरीक्षक पदको फूली लगाइएको हो। गृहसचिवस्तरको यही १७ साउनको निर्णयले १५ जना सशस्त्र प्रहरी नायव उपरीक्षकहरु सशस्त्र प्रहरी उपरीक्षक पदमा पदोन्नती भएका थिए।

