अमेरिकाको क्यालिफोर्नियामा हेलिकप्टर दुर्घटना, सवार चारै जनाको मृत्यु


काठमाडौं – अमेरिकाको क्यालिफोनिर्यामा हेलिकप्टर दुर्घटना हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ ।

स्थानीय समयअनुसार आइतबार अपराह्न एक बजे क्यालिफोर्नियाको काउन्टीमा रोन्बिस आर ६६ हेलिकप्टर दुर्घटना भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।

हेलिकप्टरमा चार जना सवार रहेको र चारै जनाको मृत्यु भएको कोलुसा शेरिफ विभागले पुष्टि गरेको छ ।

अमेरिकी यातायात सुरक्षा परिषद् (एनटीएसबी) का अनुसार दुर्घटनाको कारण अनुसन्धानको क्रममा छ।

‘एनटीएसबीले अगस्ट १, २०२१ को कोलिसा, क्यालिफोर्निया नजिकै एक रोबिन्सन आर दुर्घटनाको अनुसन्धान गरिरहेको छ’ एनटीएसबीले ट्विटरमा भनेको छ ।

प्रतिक्रिया