आफ्नै दाईको कुटाईबाट भाईको मृत्यु


बाँके – बाँकेमा आफ्नै दाईको कुटाईबाट भाईको मृत्यु भएको छ ।

खजुरा गाउँपालिका-२ एल गाउँ बस्ने ४० वर्षीय गुमान सुनारले आफ्नै भाइ ३८ वर्षीय गणेश सुनारको कुटपिट गरी हत्या गरेको आरोपमा दाजु गुमानलाई प्रहरीले पक्राउ गरेको हो ।

मादक पदार्थ सेवन गरी उनीहरुबीच भएको सामान्य विवादमा गुमानले शुक्रबार राति कुटपिट गर्दा घाइते भइ घरमै बसेको अवस्थामा गणेशको मृत्यु भएको खुलेको छ ।

ईलाका प्रहरी कार्यालय धनौली र प्रहरी चौकी राधापुरबाट खटिएको प्रहरीले कुटपिट गर्ने गुमानलाई पक्राउ गरेको छ ।

प्रतिक्रिया