माओवादी बैठकमा माधव नेपाल भिम रावलहरूका कारण अप्ठ्यारामा परेको चर्चा

स्थायी कमिटी बैठकले सरकारलाई भन्यो– भारतसँग गम्भीर आपत्ति जनाऊ


काठमाडौं– सत्तारुढ नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा एमाले नेता माधवकुमार नेपाललाई परेको अप्ठ्याराका विषयमा चर्चा भएको छ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले सरकारमा जाने विषय र पार्टीमा समान अधिकारका सवालमा नेता नेपाल निक्कै गम्भीर अप्ठ्यारोमा रहेकाले सहयोग गर्नुपर्ने बताएका थिए।

स्थायी कमिटी अगाडि नेता नेपाललाई कोटेश्वरमा भेटेका उनले एमालेका दोस्रो तहका नेता भिम रावलहरुका कारण केपी शर्मा ओलीसँग न मिल्न सक्ने न अहिले नै फुट्न सक्ने अवस्थामा रहेको प्रचण्डको ब्रिफिङ थियो।

उक्त बैठकले भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काट्दा महाकाली नदीमा नेपाली नागरिक वेपत्ता भएको प्रकरणमा भारतसँग आपत्ति जनाउन शेरबहादुर देउवा सरकारलाई अपिल गरेको छ। एसएसबीले तुइनको डोरी काट्दा जयसिंह धामी बेपत्ता भएका थिए।

प्रतिक्रिया