

मिनी ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं – गोकर्णेश्वर नगरपालिका वडा नं ९ शंखडोलमा मिनी टाटाले ठक्कर दिंदा एक जना पैदल यात्रीको घटनास्थलमामै मृत्यु भएको छ।
बा ४ ख १०२२ नम्बरको मिनी टाटाले आज बिहान पैदल यात्रीलाई ठक्कर दिंदा उनको घटनास्थलमा मृत्यु भएको छ। अन्दाजी ३०/३५ वर्षका जस्ता देखिने मृतक युवकको पहिचान भने भइसकेको छैन ।
घटना पश्चात उक्त गाडीलाई आक्रोशित स्थानीयले तोडफोड गरेका छन् । उक्त घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ ।

