

स्कोरपियोमा लुकाइराखेको ६५ किलो गाँजासहित हेटौंडाबाट दुई जना पक्राउ

हेटौंडा — ६५ किलो गाँजासहित हेटौंडाबाट दुई जना पक्राउ परेका छन् । स्कारपियो गाडीमा लुकाइछिपाइ राखिएको प्रतिबन्धित लागुऔषध गाँजासहित मकवानपुर प्रहरीले बिहीबार दुईजनालाई पक्राउ गरेको छ ।
बा ११ च ९५०९ नम्बरको स्कारपियो गाडीमा ६५ किलो गाँजासहित हेटौँडा उपमहानगरपालिका १९ नेवार पानीबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा चितवनको भरतपुर महानगपालिका–२० चनौली बस्ने ३८ वर्षीय रोशन परियार र मकवानपुरको राक्सिराङ गाउँपालिका–६ बस्ने ४३ वर्षीय ललित तामाङ रहेका छन् ।
मनहरिबाट हेटौँडा आउँदै गरेको गाडी जाँच गर्दा उक्त गाडीमा लुकाइछिपाइ ल्याएको गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

