

यी हुन् शिल्पाका पतिसँग काम गरेकी अभिनेत्री गहना, कस्ता फिल्म बनाउँथे राज कुन्द्रा?

काठमाडौं– पोर्नोग्राफीको अभियोगमा पक्राउ गरिएका बलिउड अभिनेत्री शिल्पा सेट्टीका पति व्यावसायी राज कुन्द्रासँग अहिले बयानबाजी गरिन थालिएको छ।
उनले कस्ता फिल्म बनाउँथे भन्ने विषयमा उनीसँगै काम गरेकी अभिनेत्री गहना बशिष्ठले खुलासा गरेकी छन्। उनी केही महिना अघि मात्र जेलबाट निस्किएकी थिइन्।
एउटा भारतीय टेलिभिजनको अनलाइन संस्करणलाई दिएको विवरणमा उनले भनेकी छन्,‘मानिसहरु राज कुन्द्राले बनाएका फिल्महरु ‘पोर्न’ भएको बताउँदै आएका छन् । तर कुनै पनि फिल्म पोर्न होइन । उक्त फिल्महरु धेरै नै बोल्ड र एरोटिक फिल्महरु हुन्।’
उनले अगाडि थपिन्,‘कुन्द्रका फिल्म पोर्नको क्याटेगोरीमा आउँदैन। राज कुन्द्राको फिल्मलाई गलत तरिकाले व्याख्या गरिएको छ। म यत्ति भन्छु कि फिल्म नहेरी पोर्न भन्नु गलत हो। उनका फिल्महरु देखाएर मानिसहरुलाई निर्णय लिने अधिकार दिए हुन्छ।’
उनले राजसँग तीन फिल्ममा काम गरेको उल्लेख गर्दै भनेकी छन्,‘मैले उनको फिल्ममा सहज तरिकाले काम गरेकी थिएँ। उनले ममाथि कहिल्यै पनि प्रेसर दिएनन्। उनले कहिल्यै कुनै कुरा लुकाएनन् पनि। पेपरमा एउटा कुरा र सेटमा अर्को कुरा कहिल्यै गरेनन्। निकै व्यवसायिक तरिकाले काम गरेका हौँ। मैले जति पनि काम गरे ती फिल्महरु पोर्न हैनन्। अझ भनौँ धेरै एरोटिक पनि थिएनन्।’

