बुहारीलाई जबर्जस्तीकरणी गरेको आरोपमा जेठाजु पक्राउ


काठमाडौं – बुहारीलाई जबर्जस्तीकरणी गरेको आरोपमा जेठाजु पक्राउ परेका छन्। रोल्पा प्रहरीले बुहारीलाई जबर्जस्ती गरेको आरोपमा जेठाजु नाता पर्ने एक ५१ वर्षीय पुरुषसहित ७ जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ।

घटनालाई मिलापत्र गरेको आरोपमा वडा सदस्य पनि पक्राउ परेका छन्। पक्राउ पर्नेमा एकै गाँउका दुर्गे बिष्ट, नविन बिष्ट, पुष्त बिष्ट, पुस्ते खड्का र पीडितका जेठाजु रहेको प्रहरीले जनाएको छ।

अनुसन्धानको क्रममा सो घटना गाँउघरमै मिलाई मिलापत्र गराएको आरोपमा सोहि गाँउका वडा सदस्य हिम बहादुर बिष्ट र पीडितका जेठाजुसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार गत २ साउन राती सुतिरहेको समयमा बिहान ३ बजेको समयमा पीडकले बुहारीलाई जबरजस्तीकरणी गरेका हुन्। पीडित महिलाले थाहा पाएपछि पीडक त्यहाँबाट भागे। घटनाको भोलिपल्ट गाउँमा हल्ला फिजियो।

पीडितको जेठाजु आफैंले भोलिपल्ट बिहान वडा सदस्य हिम बहादुर बिस्टलाई खबर गरी छलफल गरिदिन आग्रह गरे। वडा सदस्यले गाँउमा कटुवाललाई लगाएर मान्छे जम्मा गर्न लगाए। करिव १ बजेतिरबाट छलफल सुरु भयो।

छलफलमा अभियुक्तले आफ्नो गल्ति स्वीकार गरे। छलफलमा जुटेकाले पीडक जेठाजुलाई २० हजार रुपैयाँ जरिवाना तोके। ५ हजार पीडितको लागि र १५ हजार गाउँको एक कुनै कोषको लागि छुट्याउने बैठकले निर्णय गर्यो।

त्यतिमात्र होइन पीडितले पाउनुपर्ने ५ हजार मध्येबाट एक हजार रुपैयाँ छलफलमा जुटेकाहरुले चियापानी खाने भनेर छुट्याए। त्यस्तै बैठकमा पीडितले जेठाजुलाई मान राख्नको निमित्त दिनुपर्ने निर्णय भयो। पीडितले त्यसै गरिन्।

जतिबेला पिडितले न्याय पाएको अनुभुति गरिनन्। त्यसपछि उनले आफ्नो बाबालाई सबै घटनाकोबारे बेलिबिस्तार लगाइन्। भोलीपल्ट ४ साउनमा प्रहरी समक्ष यो घटनाको सुचना पुग्छ।

पिडितको जाहेरीका आधारमा अभियुक्त भनेका पीडितको जेठाजु नाता पर्नेलाई तत्काल नियन्त्रणमा लिई प्रारम्भीक अनुसन्धान गर्यो। अनुसन्धानको क्रममा हाल वडा सदस्यसहित ७ जनालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय सुलिचौरको हिरासतमा राखि थप अनुसन्धानभइरहेको छ।

प्रतिक्रिया