भरत गुरुङ मृत्यु प्रकरणः नेपाली सेनाका गुरुङको हत्या गर्ने सेनाकै सिपाही गंगाधर पक्राउ


चितवन – बिहीबार चितवनको शारदानगरस्थित घोलमा बिहान मृत भेटिएका नेपाली सेनाका हुद्दा भरत गुरूङलाई सेनाकै सिपाहीले गोली हानी मारेको पुष्टि भएको छ। मृतक गुरुङलाई नेपाली सेनामै कार्यरत गंगाधर ढकालले गोली हानी हत्या गरेको चितवन प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

जिल्ला प्रहरीका प्रमुख एसपी ओमप्रसाद अधिकारीले चितवनमा जग्गा पासका लागि आएका भरतको उनकै विश्वासिला साथी ढकालले हत्या गरेको पुष्टी भएको बताए ।

एसपी अधिकारीका अनुसार भरतपुर–२१ का गंगाधरले गुरुङको खाताबाट आफैं हस्ताक्षर गरी ९ लाख रुपैयाँ निकालेर आफ्नो घरमा लगेर ६ लाख रूपैयाँ श्रीमती र २ लाख रूपैयाँ बुवालाई दिए। बाँकी एक लाख आँफैंसँग राखेको जनाए ।

काठमाडौंस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको महेन्द्रदल गणमा कार्यरत भरतले साउन ५ गते चितवन आउनका लागि बिदा लिए।

त्यसपछि गाधरकै मोटरसाइकलमा चितवन आएका उनीहरू राति एक होटलमा बास बसेर ६ गते बिहान भरतपुर–१९ शारदानगरस्थित भरतको माइला बुवाको छोरा रविन गुरूङको घरमा पुगेर झोला राखे। त्यसपछि गंगाधरसँगै मोटरसाइकल चढेर बजारतिर गए ।

त्यसपछि राती होटलमा बसेर रक्सी सेवन गरेपछि बिहान घटनास्थल नजिकै पिसाब गर्ने बहानामा मोटरसाइकल रोकेका गंगाधरले भरतलाई टाउकोमा एसएमजी ‘एसएमजी’ले हानेर मृत्यु भएपछि तानेर घोलमा फालेर हिँडेको खुल्न आएको प्रहरीले जनाएको छ ।

बिहीबार बिहान मृतकको शब भेटिएपछि अनुसन्धानमा खटिएको प्रहरीले गंगाधरलाई प्रहरीले बिहीबार अपरान्ह भरतपुर–२० चनौलीबाट पक्राउ गरेको थियो।

प्रहरीले गंगाधरलाई पक्राउ गर्नुका साथै एक थान गोलीको खोका, एसएमजी हतियार एक थान, नगद ८ लाख रूपैयाँ, मोटरसाइकल लगायत घटनामा प्रयोग भएका सामग्री बरामद गरेको जनाएको छ।

 

प्रतिक्रिया