एसएसपी राणा डिआइजीमा बढुवा सिफारिस


काठमाडौं – नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सौरभ राणालाई प्रहरी नायब महानिरीक्षक (डिआइजी) पदमा बढुवा गर्नका लागि सिफारिस गरिएको छ।

एसएसपी राणा हाल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय भैरहवामा कार्यरत छन्। जनपद प्रहरी समूहतर्फबाट प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम ४ को प्रावधानअनुसार सिफारिस गरिएको हो।

राणा प्रहरी महानिरिक्षक शैलेश थापा क्षेत्रीका ब्याचमेट हुन्।

प्रतिक्रिया