जसपाका ५१ नेतालाई आयोगको आदेश- सक्कल नागरिकता सहित उपस्थित हुनु


काठमाडौं – जनता समाजवादी पार्टी एकीकरण हुँदा सनाखत गरेका केन्द्रीय कार्यकारिणी समितिका ५१ सदस्यहरूलाई सक्कल नागरिकता र मतदाता परिचयपत्रसहित उपस्थित हुन निर्वाचन आयोगले आदेश दिएको छ।

जसपा विवाद समाधान गर्न गठित इजलासको आजको बैठकले यस्तो आदेश गरेको आयोगका प्रवक्ता सहसचिव राजकुमार श्रेष्ठले जानकारी दिए। साउन ११ मा ५१ जना कार्यकारिणी समितिका सदस्यहरु आयोगमा पुगेर सनाखत गर्नुपर्ने भएको छ।

एकता हुँदा केन्द्रीय कार्यकारिणी समितिका ५१ जना आयोगमा गएर सनाखत गरेका थिए। इजलासको आजको बैठकमा दुवै पक्षका कानुन व्यवसायीले बहस गरेका थिए।

प्रतिक्रिया