राजधानीको भोटेबहालबाट २१ बुक ताससहित १२ जना पक्राउ


काठमाडौं – प्रहरीले राजधानीको भोटेबहालबाट १२ जुवाडेलाई पक्राउ गरेको छ । प्रहरी वृत्त कालीमाटीका प्रमुख अपीलराज बोहराको कमाण्डमा खटिएको टोलीले राजधानीको भोटेबहालस्थित दिनेशकुमार शेरचनको घरबाट १२ जना जना बुधबार जुवाडेलाई पक्राउ गरेको हो .

विशेष सूचनाको आधारमा निजको घर खानतलासी गर्दा घर धनि दिनेश कुमार सेरचन समेतका विभिन्न व्यक्तिबाट नगद रु. २,९१,४००।-, तास २१ बुक तास, चेक बुक थान-१, प्लाष्टिकको क्वाईन ४५ थान, मुल्य रु. ३,७०,०००।– बराबरको चेक थान- ५ समेत रित पुर्बक बरामद गरी निम्न ब्यक्तिहरुलाई नियन्त्रणमा लिई वृत्त कालिमाटीवाट थप अनुसन्धान भईरहेको बोहराले जनाए ।

पक्राउ पर्नेमा भोटेबहालका बर्ष ५० को घर धनि दिनेश कुमार सेरचन, त्यस्तै दोलखा चरीकोट न.पा.वडा न. ११ घर भई हाल का.जि.का.म.न.पा.वडा न.१२ बस्ने बर्ष ३४ को हरी शरन थापा, भारत रक्सौल घर भई हाल का.जि.का.म.न.पा.वडा न.१२ बागबजार बस्ने बर्ष ३४ को राहुल गुप्ताको साथ बाट बाट नगद रु.२,०००।-, तास खेल्न प्रयोग हुने क्वाईन २५ थान, जिल्ला धादिङ गङगा जमुना गा.पा.वडा न.५ घर भई हाल का.जि.का.म.न.पा.वडा न.८ बस्ने बर्ष ३२ को सुमन अधिकारी छन् ।

त्यस्तै काभ्रेपलान्चोक महाभारत गा.पा.वडा न. ६ घर भई हाल भक्तपुर लोकन्थली बस्ने बर्ष ४४ को क्षेत्र बहादुर मोक्तानको साथ बाट नगद रु. १,५६,०००।-, का.जि.का.म.न.पा.वडा न.२१ शान्तिनगर बस्ने बर्ष ५१ को ज्योती प्रकाश श्रेष्टको साथ बाट नगद रु.५१,०००।-,बिभिन्न बैकको दस्तखत सहितको मुल्य रु. ३,७०,०००।– बराबरको चेक थान- ५, का.जि.का.म.न.पा.वडा न.२१ जैशिदेवल बस्ने बर्ष ५० की रन्जना प्रधानको साथ बाट नगद रु.३,०००।-, तास खेल्दा नगदको रुपमा प्रयोग हुने क्वाईन थान ६, बाग्लुङ रामरेखा न.पा.वडा न.१ घर भई काठमाडौ नारायाण थान बस्ने बर्ष २४ की श्रृजना खत्रीको साथ बाट नगद रु.१,०००।–, जि.धादिङ मलेखू न.पा.वडा न. ७ घर भई हाल का.जि.का.म.न.पा.वडा न.५ बसुन्धारा बस्ने बर्ष ३० की सरिता मल्ल गुरुङको साथ बाट नगद रु.७,०००।–, काभ्रेपलान्चोक भुम्लु गा.पा.वडा न. ५ घर भई हाल का.जि.का.म.न.पा.वडा न.७ बस्ने बर्ष ३८ की लक्ष्मी बानियाको साथबाट नगद रु.५००।-, झापा हल्दीबारी घर भई हाल का.जि.का.म.न.पा.वडा न. जोरपाटी बस्ने बर्ष २४ की चिना नेम्बाङको साथबाट नगद रु. २०,०००।– / भारत गुजरात घर भई हाल का.जि.का.म.न.पा.वडा न.३ बसुन्धारा बस्ने ४६ की पुष्पा अलीको साथबाट नगद रु. ५०,९००।–, तास खेल्दा नगदको रुपमा प्रयोग हुने क्वाईन थान १४ सहित पक्राउ परेको प्रहरीले जनाएको छ ।

उनीहरूको साथबाट खुल्ला अवस्थामा तास ३ बुक, छिरिङ ढाढकको नाउको ग्लोबल आई.एम.ई.बैंकको चेक बुक थान १, नखोलिएको तासको प्याकेट १२ सेट, खेलीरहेको टेबल मुनि रहेको डस्टबिनमा तासको खाली प्याकेट १८ थान, खुल्ला अवस्थामा रहेको तास ६ सेट,टेबलमा तास खेल्न प्रयोग भएको तन्ना थान १ पनि प्रहरीले बरामद गरेको छ ।

 

प्रतिक्रिया