देउवा सरकारप्रति विश्वासको वातावरण छैन : कमल थापा


काठमाडाैं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले शेरबहादुर देउवा नेतृत्वको नयाँ सरकारप्रति विश्वासको वातावरण नभएको बताएका छन् ।
राप्रपा मकवानपुरद्वारा बुधबार हेटौंडामा आयोजित अगुवा कार्याकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले गठबन्धनबाट बनेको नयाँ सरकारप्रति विश्वासको वातावरण नभएकाले जनताले धेरै आश गर्ने ठाउँ नभएको बताएका हुन् ।

कांग्रेस र कम्युनिष्टबीच वैचारिक, चरित्रगत र नीतिगत भिन्नता नरहेको भन्दै थापाले अबको विकल्प राप्रपा मात्र भएको बताए । त्यस्तै उनले शान्ति, स्थिरता र समृद्धिको जनताको आशा विपरीत मुलुकमा धर्म परिवर्तन, विदेशी चलखेल र भ्रष्टाचार व्याप्त रहेको जिकिर गरे । गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता षड्यन्त्रमूलक ढंगले लादिएको समेत उनको दाबी छ ।

थापाले महाधिवेशनलाई केन्द्रमा राख्दै संगठन सुदृढीकरण अभियान सञ्चालन गर्न मकवानपुरका कार्यकर्तालाई निर्देशन समेत दिए ।

प्रतिक्रिया