काभ्रेका डिएसपी खतिवडा भए प्रदेशकै उत्कृष्ट प्रहरी


काभ्रे — जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक (डीएसपी) हरि खतिवडा बागमती प्रदेशको उत्कृष्ट प्रहरी घोषित भएका छन् ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले डीएसपी खतिवडाले सम्पादन गरेका कार्यको उच्च मूल्यांकन गर्दै असार महिनाकाको सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा गरिएको हो ।

खतिवडाले केहि समय अघि बनेपामा भएको दुर्घटनाका दोषिलाई एक महिनापछि रामेछाप उमाकुण्ड गाउँपालिका–१ बस्ने वर्ष ४५ का दोर्जे शेर्पालाई ना४च ४०६९ नम्बर माज्दा गाडीसहित पक्राउ गर्न सफल भएको र पाँचखाल नगरपालिका–६ बस्ने माधव घिमिरेले पत्नी तथा ६ वर्षका छोराको हत्या गरी फरार भएको घटनाको अनुसन्धानमा विशेष योगदान पुर्याएका छन् ।

साथै कोरोना महामारी संक्रमणको अवस्थामा विभिन्न सरोकारवालासँग समन्वय गरी अक्सिजन उपलब्ध गराउन लागेको, स्वास्थ्य सामग्री व्यस्थापनलगायत प्रहरी परिचालनमा प्रभावकारी भूमिका निर्वाह गरेको र विभिन्न मुद्धाका ११ फरार प्रतिवादीलाई असारमा पक्राउ गरी अदालतमा पेश गर्न सफल भएको भन्दै उनलाई बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले सम्मान गरेको हो ।

 

 

प्रतिक्रिया