‘कांग्रेस सरकारले भ्रष्टाचारका ठूला काण्डहरुको छानबिन सुरु गरी विपीको अनुयायी बनोस्’


काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले कांग्रेस सरकारले भ्रष्टाचारका ठूला काण्डहरुको छानबिनको सुरुवात गरेर विपीको अनुयायी बन्न आग्रह गरेका छन्। आज विपी कोइरालाको ३९ औं स्मृति दिवस हो।

नेपाली काँग्रेसका संस्थापक नेता एवंम् देशको प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको स्मृति दिवसका अवसरमा ट्विट गर्दै नेता गुरुङले भनेका छन्, ‘कांग्रेस सरकारले भ्रष्टाचारका ठुला काण्डहरुको छानबिनको सुरुवात गरेर विपी स्मृति दिवस मनाऔं। विपीको अनुयायी बनौं।’

२०१६ सालमा तत्कालीन राजा महेन्द्रले गणेशमानमाथि भ्रष्टाचारको आरोप लगाएको स्मरण गर्दै नेता गुरुङले ललेखेका छन्, ‘प्रधानमन्त्री विपीले राजाकै मान्छेलाई छानबिन गर्न खटाए। तर भ्रष्टाचार गरेको रहेनछ।’

विपीको ३९ औं स्मृति दिवस आज देशभर विभिन्न्न कार्यक्रमका साथ मनाइँदैछ।

प्रतिक्रिया