

एआईजी सरुवा विषयमा गृहमन्त्री खाँणलाई आईजी क्षत्रीको ‘ब्रिफिङ’

काठमाडौं– नेपाल प्रहरीका अतिरिक्त महानिरिक्षक (एआईजी) सरुवा विषयमा महानिरिक्षक (आईजी) शैलेश थापा क्षत्रीले गृहमन्त्री बालकृष्ण खाँणलाई ‘ब्रिफिङ’ गरेका छन्।
एआईजीहरु हरिबहादुर पाल, निरज शाही, प्रद्युम्न कार्की, विश्वराज पोखरेलको सरुवा तथा भर्खरै बढुवा गरिएका सहकुलबहादुर थापाको पदस्थापन भएको थियो।
गृह मन्त्रालयको निर्देशमा उनीहरुको सरुवा रोकिएको विवरण सार्वजनिक भएपछि उक्त विषयमा गृहमन्त्री खाँणले आईजी थापासँग सोधपुछ गरेका थिए। प्रहरी प्रधान कार्यालयले सरुवा भएका एआईजीलाई रवाना नलिन भनेको थियो भने कतिपयलाई दिएको थिएन।
तर गृहमन्त्री खाँणले सरुवा रोक्नका लागि कुनै पनि निर्देशन नदिएको बताएपछि एआईजीहरुले किन रवाना पाएनन् भन्ने विषयमा आईजी क्षत्रीलाई सोधिएको बताइन्छ।

