भेटघाटमा व्यस्त विप्लव, बाबुरामलाई भेट्न बास्ताेलासहित सानेपा पुगे विप्लव


काठमाडौं – नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले राजनीतिक भेटघाटका क्रममा जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईसँग भेट गरेका छन् ।

नेता धर्मेन्द्र बास्तोलासहित शुक्रबार बिहान विप्लव भट्टराई निवास सानेपा पुगेका हुन् ।

May be an image of 5 people, people sitting and indoor

भेटमा समसामयिक राजनीति, केपी शर्मा ओली नेतृत्वको सरकारसँग विप्लव समूहले गरेको सहमति कार्यान्वयन लगायतका विषयमा छलफल भएको जसपाका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले जानकारी दिए ।

विप्लवले बिहीबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमालेका वरिष्ठ नेता माधव कुमार नेपालसँग संयुक्त छलफल गरेका थिए ।

 

प्रतिक्रिया