गोरुसिङ्गे–सन्धिखर्क सडक अवरुद्ध


अर्घाखाँची – अविरल वर्षाका कारण पहिरो जाँदा गोरुसिङ्गे सन्धिखर्क सडक अवरुद्ध बनेको छ । शीतगङ्गा नगरपालिका–१२ स्थित बसेरीको जङ्गलमा गएको पहिरोले आज बिहानदेखि गोरुसिङ्गे सन्धिखर्क सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक अम्मर थापाले बताए।

दैनिक परिरहेको अविरल वर्षाले सडकमाथिबाट पहिरो खस्न छाडेको छैन । पहिरो बगिरहँदा एक्स्काभेटरलाई पनि काम गर्न जोखिम रहेको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताए ।

सडकमा पहिरो खसेपछि सन्धिखर्कबाट बाहिर जाने र बाहिरबाट सन्धिखर्क आउने गाडी बीच बाटोमै रोकिएका छन् । सडक सुचारु गर्ने कार्य भइरहेको इलाका प्रहरी कार्यालय ठाडाले बताएको छ ।

प्रतिक्रिया