


नेप्सेमा दोहोरो अंकको बृद्धि, परिसूचक २८ सय ३ दशमलव ३८ विन्दुमा

काठमाडौं – साताको अन्तिम आज बिहीवार सेयर बजार परिसूचक नेप्से उकालो लागेको छ । आज नेप्से ११ दशमलव ३३ अङ्कले बढेर २८ सय ३ दशमलव ३८ विन्दुमा पुगेको हो ।
आज व्यापार समूहको शेयर २८ दशमलव ७१ अङ्कले बढेको छ भने, हाइड्रोपावरको ५६ दशमलव १४ अङ्कले, फाइनान्सको ४७ दशमलव ८९ अङ्कले, निर्जीवन बीमाको ३६ दशमलव २६ अङ्कले बढेको छ ।
यस्तै माइक्रोफाइनान्स समूहको शेयर ४५ दशमलव ७१ अङ्कले वृद्धि भएको हो । आज होटल र पर्यटन समूहको शेयर भने ५० अङ्कभन्दा धेरैले ओरालो लागेको छ । आज दुई सय २३ कम्पनीका पाँच करोड ८५ लाख कित्ता शेयर आठ अर्ब १४ करोड रुपैयाँमा किनबेच भएका छन् ।
सबैभन्दा धेरै गुर्खाज फाइनान्सको ३६ करोड रुपैयाँको शेयर कारोबार भएको छ । आज नाङ्दी ग्रुप पावर कम्पनीको शेयर सबैभन्दा धेरै झन्डै साढे नौ प्रतिशतले बढेको छ ।

