

काठमाडौं प्रहरी परिसर प्रमुखमा एसएसपी अशोक सिंह, ललितपुरमा किरण बज्राचार्य

काठमाडौं– महानगरीय प्रहरी परिसर काठमाडौंमा प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) अशोक सिंहलाई प्रमुखको जिम्मेवारी दिइएको छ।
प्रहरी प्रधान कार्यालयले हाल प्रमुख रहेका एसएसपी श्यामलाल ज्ञवालीको सरुवा गर्दै सिंहलाई पठाएको हो। यस्तै ललितपुर परिसरमा एसएसपी किरण बज्राचार्यको सरुवा गरिएको छ। त्यहाँ टेकप्रसाद राई प्रमुखको जिम्मेवारीमा थिए।

