तीन दिनमा २०८ देशको यात्रा


रियाद(एजेन्सी)–तपाईले सन् २००४ मा रिलिज भएको बलिउड फिल्म ‘एराउण्ड द वल्र्ड इन ८० डेज’ हेर्नुभएकै होला । यो फिल्ममा अभिनेता च्याकी चेनले प्रमुख भूमिका निभाएका थिए । फिल्मको कथा जुल्स वर्नेको उपन्यासबाट लिइएको थियो, जुन उपन्यासलाई उनले सन् १९७२ मा लेखेका थिए । त्यो बेला कसैले कल्पना पनि गर्न सकेका थिएनन् कि यति छोटो समयमा कसरी विश्व भ्रमण गर्न सकिन्छ भनेर । तर हालैमात्र एक महिलाले सात महाद्वीपको सबैभन्दा कम समयमा यात्रा गरेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा आफ्नो नाम दर्ता गराएकी छन् ।

यूएईकी डा. खावला अल रोमाथीले यो सफलता पाएकी हुन् । रोमाथीले तीन दिनमा सात महाद्वीपको यात्रा गरेको रेकर्ड बनाएकी हुन् । उनले केवल तीन दिन १४ घण्टा ४६ मिनेटमा यो सफलता चुमेकी हुन् । उनले विश्व रेकर्ड राख्नकै लागि यी महाद्विपका २ सय ८ देशको यात्रा पुरा गरिन् ।

उनले आफ्नो इन्स्टाग्राम प्रोफाइलमा आधिकारिक प्रमाणपत्रका साथ एक तस्बिर राखेकी छन् ।  उनको फलोअर्सले पनि उनको सम्मान गरेका छन् । कैयौं प्रयोगकर्ताले उनको सराहना गर्दै रोमाञ्चिक कार्यको तारिफ गरेका छन् ।

प्रतिक्रिया