

चिडियाखानाबाट हराएको अजिङ्गर सपिङ सेन्टरमा भेटियो

एजेन्सी – चिडियाखानास्थित आफ्नो अक्वेरियमबाट हराएको अजिङ्गर दुई दिनपछि सपिङ सेन्टरमा भेटिएको छ ।
डेली स्टारका अनुसार कारा नामको १२ फुट लामो अजिङ्गर अमेरिकाको लुसियाना राज्यस्थित ब्लू जू अक्वेरियमबाट हराइरहेको थियो ।
अजिङ्गर चिडियाखानाबाट हराएपछि नजिकै रहेको सपिङ सेन्टर बाध्यात्मक रुपमा बन्द गरिएको थियो । दुई दिनसम्म खोजेपछि उक्त अजिङ्गरलाई गत बिहिबार बिहान सपिङ सेन्टरमा भेटिएको हो ।
चिडियाखानाले कारालाई उद्धार गरिरहेको भिडियो पोस्ट गर्दै यसबारे फेसबुकमार्फत् जानकारी दिएको हो । उक्त पोस्टमा अजिङ्गर सुरक्षित र स्वस्थ अवस्थामा भेटिएको बताइएको छ ।

