कलाकार तथा रेस्लर खड्कालाई कलाकार संघको सहयोग


काठमाडौं – नेपाल चलचित्र कलाकार संघले कलाकार तथा नेपालको पहिलो महिला रेस्लिङ फाउण्डेसनकी संस्थापक अध्यक्ष भगवती खड्कालाई आर्थिक सहयोग गरेको छ । संघले खड्कालाई २३ हजार नगद सहयोग गरेको हो । कोभिडको दोश्रो भेरियन्टबाट पिडित खड्का समस्यामा रहेकोले कलाकार संघले सहयोग गरेको हो ।

आफू कोभिडबाट पिडित भएको र महिला रेस्लरलाई सहयोग आवश्यक भएको अवस्था उल्लेख गरि खड्काले संघमा सहयोगको अनुरोध गरेकोले सहयोग प्रदान गरिएको संघका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाले जानकारी दिए ।

सहयोग कार्यक्रममा संघका अध्यक्ष रविन्द्र खड्का, नेपाल चलचित्र कलाकार संघ यूके शाखाका उपाध्यक्ष सुरेश पाठक लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा कलाकार तथा रेस्लर खड्काले राष्ट्रिय प्रतिभाहरूलाई सरकारले संरक्षण तथा प्रोत्साहन गर्नुपर्नेमा सो गर्न नसकेको गुनासो गरेकी छन् ।

प्रतिक्रिया