

पाटेबाघको छालासहित दुई जना पक्राउ

कैलाली – क्षेत्रीय अनुसन्धान ब्युरो (आरआइटी) र जिल्ला प्रहरी कार्यालय कैलालीको संयुक्त टोलीले बाटे बाघको छालासहित दुई जनालाई पक्राउ गरेको छ ।
कैलालीको गौरिगंगा नगरपालिका–७ मटकौनास्थित सिंगासन सामुदायिक वन छेउबाट बिक्रीका लागि आउँदै गरेका मोहन्याल गाउपालिका ५ बस्ने ५२ बर्षीय पूर्णबहादुर बुढामगर र निजकै ज्वाइँ नाता पर्ने लम्किचुहा नगरपालिका–१ बस्ने ३० बर्षीय लोकेश सिजापतीलाई १० फिट लम्बाइ ६ फिट ७ इन्च चौडाइ पाटे बाघको छालासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए।

