

३७ वर्षीया महिलामाथि सामुहिक करणी, चार जना पक्राउ

उदयपुर – उदयपुरमा एक ३७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा उदयपुरगढी गाउँपालिका–६ सिन्कौले बस्ने २३ वर्षीय मदन पुलामी मगर, २० वर्षीय सुमन थापा र सोही ठाउँ बस्ने दुई जना १८ वर्षीय किशोरहरू रहेका छन् ।
उनीहरूले ती महिलालाई यही असार १५ गते राति जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुर र अस्थायी प्रहरी पोष्ट नेपालटारबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

