

भारतमा घट्दै कारोना: २४ घण्टामा ३३ हजारमा कोरोना संक्रमण

नयाँदिल्ली – भारतमा पछिल्लो समय दिनहुँ कोरोना भाइरस संक्रमण ओरालो लाग्दै गएको छ । भारतमा पछिल्लो २४ घण्टामा ३२ हजार ९०६ जनामा कोरोना संक्रमण देखिएको छ ।
यो सँगै भारतमा कोरोना संक्रमितको संख्या ३ करोड ९ लाख ७ हजार २८२ पुगेको छ । पछिल्लो २४ घण्टामा २ हजार २० संक्रमितको मृत्यु भएको छ ।
भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ लाख १० हजार ७८४ पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

