नक्कली नोट देखाई गहना किन्न खोज्ने दुई महिला बसुन्धराबाट फरार


काठमाडौं – टोखा नगरपालिका–५ बसुन्धाराबाट नक्कली नाेट देखाइ गहना किन्न खोज्ने २ महिला फरार भएका छन् ।

उनीहरू बसुन्धरास्थित एक गहना पसलमा गहना किन्न लागेको बेला प्रहरी पुगेपछि ८० हजार रुपैयाँ नक्कली नोट छाडेर भागेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी प्रभाग तिलिङगेटारबाट खटिएको प्रहरीले अन्नपूर्ण हिमाल सुनचाँदी पसलमा सुन किन्न आएका दुई महिलाबाट उक्त नक्कली नोट बरामद गरेको हो ।

अन्नपूर्ण हिमाल सुनचाँदी पसलमा सुन किन्‍ने बहाना बनाइ बा.६८ प ७११० नम्बरको रातो स्कुटरमा आएका दुईजना महिलाहरुले २ लाख ८० हजार रूपैयाँ नक्कली नोट देखाई गहना किन्‍न खोज्दा प्रहरी पुगेपछि उनीहरुले ८० हजार नक्कली नोट छाडेर फरार भएका थिए ।

फरार महिलाहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया