

नवनियुक्त प्रधानमन्त्री देउवाले साँझ ६ बजे सपथ लिँदै

काठमाडौं — नेपाली काँग्रेसका सभापति सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएसँगै साँझ ६ बजे सपथ लिने भएका छन् ।
देउवालाई राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्रीमा नियुक्ति गरेकी हुन् ।
प्रधानमन्त्रीमा नियुक्त भएसँगै देउवाले गठबन्धन दलहरुसँगको छलफल जारी राख्दै मन्त्रीमण्डल गठनको तयारी गरेका छन् ।
नवनियुक्त प्रधानमन्त्री देउवाले सानो आकारको मन्त्रीमण्डल गठन गर्ने जनाइरहेका बेला माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ नेतृत्वमा सरकारमा सहभागी हुने जनाइएको छ ।

