

गण्डकी: पोखरेल नेतृत्वको सरकारले १६ करोड बढि भ्रष्टाचार गरेको आरोप

काठमाडौं – गपण्डकीमा प्रमुख विपक्षी नेकपा एमालेले सरकारमाथि भ्रष्टाचारको सुरुवात गरेको आरोप लगाएका छन् ।
शनिबार आयोजित पत्रकार सम्मेलनमा एमाले संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री गुरुङले कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको नयाँ सरकारले १६ करोडभन्दा बढी रकम रकमान्तर गरी बाँडेकाे बताए ।
उनले भने, ‘गैरबजेटरी खर्च नै भ्रष्टाचारको सुरुवात हो । उहाँहरुले भ्रष्टाचारको सुरुवात त गरिसक्नुभयो ।’
आफ्नो जिल्ला सभापतिहरुको सिफारिसमा रकम बाँडिएको भन्दै उनले अघि भने, ‘यो १६ करोड भ्रष्टाचारको मुद्दा हुन्छ, यसमा सम्बन्धित निकायले ध्यान दिनेछ ।’
नेता गुरुङले अघिल्लो सरकारले गरेका राम्रा कामलाई निरन्तरता दिए मात्र आफ्नो दलले सरकारलाई सहयोग गर्नसक्ने बताए ।आफ्नो नेतृत्वले सरकारले कुनै बजेट, नीति कार्यक्रम र विकासको कार्यक्रममा नभएको योजनामा रकम खर्च नगरेको उनले दाबी गरे ।

