विवाहित महिलालाई बलात्कार गरेको आरोपमा काँग्रेसका नेता पक्राउ


काठमाडौं – रौतहटमा नेपाली काँग्रेसका एक स्थानीय नेता पक्राउ परेका छन्। एक विवाहित महिलालाई करणी गरेको आरोपमा नागेश्वर कुश्वाहा पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय रौतहटले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा देवाही गोनाही नगरपालिकाका ५० वर्षीय कुश्वाहा रहेका छन्।

उनीविरुद्ध सोही स्थानकी एक महिलाले आफूलाई फकाएर काँसघारीमा लगेर जबरजस्ती करणी गरेको भन्दै उजुरी दिएपछि कुश्वाहालाई पक्राउ गरिएको प्रहरीको भनाइ छ।

उनीमाथि ३ दिन अघि बलात्कार भएको बताइएको छ। कुश्वाहामाथि जबरजस्ती करणी सम्बन्धी मुद्दा दर्ता गरेर जिल्ला अदालत गौरबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पीडित महिलाका अनुसार आरोपित कुश्वाहाले ३ दिन अगाडी घरयासी सामान लिने भनेर गरुडा बजारतर्फ लगेका थिए।त्यसपछि सामान खरिद नगरि बजारभन्दा केही पर जंगलमा लगेर जबरजस्ती बलात्कार गरेका थिए।

प्रतिक्रिया